राष्ट्रपति भण्डारी र आफगानिस्तानका राष्ट्रपति घानीबीच फोन बार्ता

राष्ट्रपति विद्यादेवि भण्डारीले अफ्गानिस्तानमा रहेका नेपालीको सुरक्षाको उचित प्रबन्ध मिलाउन अफ्गान सरकारलाई आग्रह गरेकी छन् ।
अफ्गानी समकक्षी मोहम्मद असरफ घानीसँग भएको टेलिफोन वार्तामा राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपालीको उचित सुरक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरेकी हुन् । काबुलमा भएको आतंकवादी आक्रमणमा निरअपराध नेपाली मारिएकोमा दु:ख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले आतंकवादविरुद्धको विश्वव्यापी लडाईमा नेपाल र अफ्गानिस्तानबीच सहकार्य आवश्यक रहेको उल्लेख गरीन ।
सो क्रममा अफ्गानी राष्ट्रपति घानीले नेपालीप्रति सहानुभति र समवेदना प्रकट गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै, उहाँले शव नेपाल पठाउन पूर्ण सहयोग गरिने र घाइतेहरुको उपचारका लागि आफ्नो सरकारले प्राथमिकता दिएको बताएका थिए ।
Kabul
kabul akrama
