ताजा खबर News

निर्देशिका प्रेस र अभिव्यक्ति स्वतन्त्रता बिपरित

निर्देशिका प्रेस र अभिव्यक्ति स्वतन्त्रता बिपरित
असार - ७ । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाका कतिपय प्रावधान प्रेस र अभिव्यक्ति स्वतन्त्रता बिपरित रहेकाले सच्याउन माग गरेको छ । FNJ-logo आज सिंहदरबार स्थित सुचना तथा सञ्चार मन्त्रालयमा सञ्चारमन्त्री शेरधन राईसमक्ष महासंघले यस विषयमा ध्यानाकर्षण समेत गराएको छ । सरकारले अनलाइन सञ्चारलाई व्यवस्थित गर्न भनि जारी गरेको निर्देशिकाका कतिपय प्रावधान संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका मान्यता बिपरित रहेकोले त्यस्ता प्रावधानलाई सच्चाउन महासंघले आग्रह गरेको हो । सञ्चारमन्त्री राईले सरकार निर्देशिका बाट काम चलाउने मनसायमा नरहेको र छिटो सञ्चार नीति बनाउने पक्षमा रहेको स्पष्ट पारे । महासंघले प्रस्तावित निर्देशिकामा सञ्चार माध्यम बन्द, जफत वा दर्ता खारेज नगरिने, सञ्चारका साधन अवरुद्ध नगरिने र पूर्वप्रतिबन्ध नलगाइने संवैधानिक व्यवस्थाको बिरुद्ध रहेकोमा त्यसप्रति गंभीर रुपमा आपत्ति जनाएको छ ।

nepal ptrakar mahasang

विशेष