अपराध सुरक्षा News

प्रेमका नाममा यस्तोसम्म पाप !

प्रेमका नाममा यस्तोसम्म पाप !

असार –७ । डोटीको पचनाली गाविस तलकोटमा भएको एउटा हत्याको रहस्य खुलेको छ । प्रेम सम्बन्धका कारण उक्त हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।

करिव १२ दिनको सफल अनुसन्धानपछि प्रहरीले सो तथ्य सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय डोटीले आज पत्रकार सम्मेलन गरी उक्त घटनाको प्रमाणसहित हत्यारालाई सार्वजनिक गर्यो । करिब पाँच वर्षको लामो प्रेम सम्बन्ध डेढ वर्ष यता टुटेपछि त्यसले हत्याको रुप लिएको प्रहरीको भनाइ छ । शिक्षक लालबहादुर चन्दले सोही ठाउँ निवासी वर्ष २१ की मीना साउदको गोली हानी हत्या गरेको स्वीकार गरेका छन् । ३७ वर्षीय चन्दले  २०६७ साल मङ्सिर २७ गतेदेखि पचनाली गाविस तलकोटमा रहेको हरिहर उमाविमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका थिए । चन्दले गत जेठ २८ गते मीनाको गोली हानी हत्या गरेको स्विकारे ।

चन्द विसं २०६८ सालबाट मृतक मीनाको घरमा डेरागरी बस्दै आएका थिए ।  दोषी ठहरिएका हत्यारा चन्दविरुद्ध जिल्ला अदालत डोटीमा कर्तव्य ज्यान मुद्दा दायर भएको र हतियार तथा खरखजनाविरुद्धको मुद्दासमेत चल्ने उपरीक्षक दिल्लीराज विष्टले बताए ।

hatya

विशेष