खेल ताजा खबर News

युरोकप फुटबलमा क्रोएसियाले स्पेनलाई हरायो, पोल्याण्डद्वारा युक्रेन पराजित

युरोकप फुटबलमा क्रोएसियाले स्पेनलाई हरायो, पोल्याण्डद्वारा युक्रेन पराजित

1 असार ८ । युरो कप २०१६ को समूह चरणमा साविकको विजेता स्पेन क्रिएसियासँग पराजित भएको छ । बुधबार विहान भएको खेलमा क्रोएसियाले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै ७ अंकका साथ समूह डीको विजेता बनेको छ ।

2

स्पेनको ६ अंक छ । यससंगै स्पेनको युरोपियन च्याम्पियनसिपमा १५ खेलको अपराजित यात्रा टुंगिएको छ । त्यस्तै अर्को खेलमा पोल्याण्ड पहिलो पटक युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

3

मंगलबार राति भएको समूहको आफ्नो अन्तिम खेलमा युक्रेनलाई १–० ले हराएको पोल्याण्ड समूह सीको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । जर्मनी र पोल्याण्डको समान सात अंक नै भएपनि गोल अन्तरका आधारमा पोल्याण्ड समूह उपविजेता बन्यो । समूहका तीनै खेल गुमाएको युक्रेनले भने एक अंक पनि नजोडी युरोकपको यात्रा टुंग्याएको छ । पोल्याण्डले अन्तिम १६ मा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।

4

Uro cup Uro Cup 2016

विशेष