ताजा खबर News

प्रधानमन्त्रीकै दाँत जाँच्थे नक्कली डाक्टरले

प्रधानमन्त्रीकै दाँत जाँच्थे नक्कली डाक्टरले

budhhiman-shrestha

काठमाडौं, असार ८ । कान्तिपुर जनरल एण्ड डेन्टल हस्पिटलका अध्यक्ष तथा एमालेको स्वास्थ्य विभाग सदस्य । नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेशा अँगालेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको परिचय यत्तिमै सकिदैंन । उनी हाइप्रोफाइल व्यक्तिका फेमिली चिकित्सकसमेत हुन् ।

उनको नियमित सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओलीसमेत हुन् । चिकित्सकबीच हुने राजनीतिमा एमाले निकट चिकित्सकका रुपमा परिचित उनले प्रधानमन्त्रीसँगको आफ्नो सामिप्य पुष्टि गर्न पुस र फागुनमा बालुवाटारमै टोलीसहित गएर ओलीको दाँतको उपचार गरेका थिए ।  श्रेष्ठबाट दाँत उपचारको सुविधा लिने अर्का परिचित हुन् प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल ।

तिनै श्रेष्ठ आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा आफूलाई चिकित्सककका रुपमा परिचय दिएर ठगी गरेको अभियोगमा अहिले ब्ययुरोको हिरासतमा छन् । –कान्तिपुर

KP Oli PM Nepal

विशेष