भारतमा चट्टयाङका कारण २९ जनाको मृत्यु

असार ८ । भारतको बिहारमा चट्याङ लागेर २९ जनाको मृत्यु भएको छ । बिहारका विभिन्न जिल्लामा परेको चट्याङ लागेर उनीहरुको ज्यान गएको हो । भरतिय अधिकारीका अनुसार पटनामा ६ तथा नालन्दा र खौरन्गाबादमा चार– चार जनाको ज्यान गएको हो ।
यस्तै भोजपुर, बक्सर, रोहतास र केमुर जिल्लामा तीन–तीन तथा मुंगेरमा दुई जना र गयामा एक जनाको चट्याङ लागेर ज्यान गएको हो । ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप चार लाख भारतीय रुपैयाँ दिइएको बिहार सरकारले जनाएको छ । चट्याङमा परी अन्य ९ जना घाइते भएका छन् ।
Bharat Chatyang India