अफगानिस्तानबाट १२ नेपालीको शव ल्याउँदै


काठमाडौं, असार ८ । आत्मघाती बम आक्रमणमा मारिएका १२ नेपालीको शव लिन नेपाली टोलीसहितको विशेष विमान अफगानिस्तानतर्फ गएको छ । आज बिहान ३ बजे मेडिकल टोलीसहित नेपाली सेनाका चार, नेपाल प्रहरीका तीन, गृह मन्त्रालयका एक, परराष्ट्र मन्त्रालयका एक र वैदेशिक रोजगार प्रवर्दधन बोर्डका एकजना चार्टर गरिएको नेपाल वायु सेवा निगमको विमानमा अफगानिस्तान गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । टोली काबुल पुगेर बिहान ७ बजे फर्कने कार्यतालिका रहेको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिए ।
Afaganistan Taliba