विदेश News

भारतीय जासुसहरु नेपालमा, भारतका लागि राजदुत तोक्ने तयारी

भारतीय जासुसहरु नेपालमा, भारतका लागि राजदुत तोक्ने तयारी
7 प्रचण्ड सरकार ढाल्ने र माधब नेपाल नेतृत्वमा नयां गठबन्धन निर्माण हुने बेला ७ बर्षअघि नेपालको निम्ति र कोतर्फबाट स्टेशन म्यानेजर र पोलिटिकल चिफ रहेका आलोक जोशीसहित अश्विनी सक्सेना अघिल्लो हप्ता नेपाल बसेर फर्के । ४ दिनसम्म नेपाल बस्दा उनीहरुले गरेको गृहकार्यको प्रष्ट संकेत हो, भारत नेपालसंगको सम्बन्धलाई पुर्नपरिभाषित गर्न खोज्दै छ । ओली सरकार बन्न नदिन ढुक्कै काठमाडौंमा खटिएका र कै पूर्व हाकिम एबी माथुरसमेतलाई राखेर भारतीय प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल नेतृत्वको कमिटिले बर्मा, नेपाल र बंगलादेशसंगको सम्बन्धलाई नयां ढंगबाट हेर्न छुट्टै उपकमिटी बनाएबमोजिम पूर्वजाशुशहरु नेपाल आएका हुन् । उनीहरुले तत्काल ओली सरकार नढल्ने भएकाले ओलीसंग सम्बन्ध सुधार गर्नुपर्ने निष्कर्ष निकालेका छन् । संविधान संशोधनमार्फत केही माग पूरा भएको सन्दर्भमा सीमामा धेरथोर परिवर्तन गरेर मधेशको मुद्धा सुल्टाउन पर्ने पूर्वदुतहरुको ठम्माइ छ । दिल्लीमा को जालान् ? सरकारले भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएसंगै नयां राजदुतक छनौटको तयारी भइसकेको छ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपाल र भारतबीचको तित्तता हटिसकेको सार्वजनिक वक्तव्य दिइसकेकी छन् । यता प्रधानमन्त्री ओलीले प्रभावशाली नेतालाई राजदुत बनाउने तयारी थालेका छन् । एमाले नेताद्वय प्रदिप ज्ञवाली र शंकर पोखरेल मध्ये एकजना भारतका लागि राजदुत हुने सम्भावना छ । प्रदिपले मानेसम्म प्रदिपलाई पठाउने, प्रदिप राजि नभएमा भारतमासमेत विद्यार्थी राजनीति गरेका शंकर पोखरेललाई पठाउने तयारीमा ओली छन् । यि दुबै पूर्वमन्त्री भइसकेका एंव ओलीका विश्वासिला व्यक्ति हुन् । यसअघिका राजदुत उपाध्यायको प्रोफाइलसंग मिलाउने गरी ओलीले राजदुत नियुक्त गर्न लागेका हुन् ।भारतले स्थगित भएको राष्ट्रपति विद्यादेबी भण्डारीको भ्रमण छिट्टै गराउन नेपाल सरकारसंग आग्रह गरिरहेको बुझिएको छ । (जनआस्थामा प्रकाशित समाचारमा आधारित)

Inida Raw

विशेष