ताजा खबर News समाज

ननसेन्स भन्दै पूर्वराजा ज्ञानेन्द्र झोक्किएपछि.....

ननसेन्स भन्दै पूर्वराजा ज्ञानेन्द्र झोक्किएपछि.....

gyan असार ८ । भण्डै करोडको बक्यौता भेट्ने बिल पुगेको छ, नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा । तिर्ने कसले, पत्तो छैन । विगत तीन बर्षदेखि हरेक महिना मरेर नयां महिना लाग्नासाथ पुग्ने त्यस्तो बिल यो महिना यस्तो बेला भेटियो कि, मामिला सुनेर पूर्वराजा ज्ञानेन्द्र शाह तनावयुक्त भावमा नन्सेन्स को टिप्पणी गर्दै थिए ।पाएल्सको समस्याले पूर्वबडामहारानी रत्नराज्यलाई एक्कासी साह्रै बनाएदेखिको तनाव नेपाल विद्युत प्राधिकरणको बिलको कुराले झन् थप्दा ज्ञानेन्द्रले शुक्रबार यस्तो टिप्पणी गरेका हुन् । बिहीबार बिहानैदेखि आमाको स्वाश्थ्यका कारण उत्पन्न तनाव हल भइसकेको थियो, तर महेन्द्र मञ्जिलप्रति नेपाल सरकारको रुखो व्यवहारले उनलाई क्रुद्ध बनाएको हो ।

दुई बर्षअघि ज्ञानेन्द्रका निजी सचिव सागर तिम्सिना र रत्नका निजी सचिव शम्भु अधिकारीले तत्कालिन मुख्यसचिव लीलामणि पौडेलसंग भेटेर महेन्द्र मञ्जिलमा प्रयोग हुने बिजुलीको तार नारायणहिटी दरबार संग्रहालयबाट तानिएको र त्यसको बिलपनि उतै पठाउन अनुरोध गरेका थिए । पौडेलले संस्कृति मन्त्रालयले तिर्ने गरी उक्त बिल महेन्द्र मञ्जिल जानबाट रोक्नु भनी तत्कालै निर्देशन दिएका थिए । यस्तो निर्देशन पाएको केही महिना महेन्द्र मञ्जिलमा बिल गएन । तर, केही महिनापछि बक्यौता थपिएर बिल जाने क्रम शुरु भयो । पञ्चायती निरंकुशताको सुत्रपात गर्ने तर दूरदर्शी तथा राष्ट्रवादी कहलिने राजा महेन्द्रकी ८८ बर्षीया पत्नी रत्नको थाप्लोमा यसरी महिनैपिच्छेको बक्यौता बढेर झण्डै करोडको ऋण थोपरिएको हो । (जनआस्थाबाट)

Gyandra Shaha

विशेष