ताजा खबर News

कांग्रेसले माग्यो दुई उपप्रधानमन्त्रीको राजिनामा

कांग्रेसले माग्यो दुई उपप्रधानमन्त्रीको राजिनामा

Nepali-Congress-flag काठमाडौं असार ८ । संविधानको शपथ खाएका मन्त्रीले त्यसको उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री कमल थापा र चित्रबहादुर केसीलाई हटाउन माग गरेको छ ।  संविधानविरुद्ध अभिव्यक्ति दिएको र आन्दोलन घोषणा गरेकाले उनीहरूलाई बर्खास्त गरी संविधानको रक्षा गर्न कांग्रेसले माग गरेको हो । व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकमा कांग्रेसका सांसदले संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेको सरकारका मन्त्रीलाई संविधानविपरीत अभिव्यक्ति दिने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने छुट नरहेको दाबी गरे ।

Congress

विशेष