ताजा खबर News

लगातार वर्षाका कारण तराईका अधिकांश भाग डुबानमा

लगातार वर्षाका कारण तराईका अधिकांश भाग डुबानमा

download काठमाडौं असार ८ । लगातारको बाढीले तराइका अधिकांश भु–भाग डुबानमा परेको छ । अविरल वर्षाले इटहरीको मध्यभाग खनार र खनारसंग सीमा जोडिएका झण्डै एक हजार घर डुबानमा परेका छन् । यस्तै, अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । कोशी ब्यारेजमा १ लाख ४० हजार ७० क्युसेक पानी मापन गरिएको छ भने ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएको छ । झापामा पनि बर्षाका कार ७४ घर डुबानमा परेका छन् ।

निरन्तर बर्षाका कारण उदयपुरको सदरमुकाम गाईघाट बजार डुबानमा परेको छ । त्रियुगा नगरपालिकाले घर टहरा निर्माण तथा बजार क्षेत्रको ढल ब्यवस्थित नगर्दा वर्षा याममा नगरबासीले सास्ती खेप्नु परेको स्थानीयले गुनासो गरेका छन् ।

Flood Nepal

विशेष