ताजा खबर News

काबुलमा मारिएका नेपालीको शब नेपाल ल्याइंदै, प्रधानमन्त्रीले शब बुझ्ने

काबुलमा मारिएका नेपालीको शब नेपाल ल्याइंदै, प्रधानमन्त्रीले शब बुझ्ने
[caption id="attachment_7490" align="alignnone" width="960"]pic_by_sunil_kumar काबुल पुगेको चाटर्ड बिमान र टिमको फोटो पाकिस्तानका लागि नेपालका कार्यवाहक राजदूत तीर्थ अर्यालको फेसबुकबाट [/caption]

अफगानिस्तानकाे काबुलमा आत्मघाती बम विष्पोटमा मारिएका १२ नेपालीको शब काठमाडौं ल्याइंदै छ । सरकारले नेपाल बायुसेवा निगमको चार्टड बिमानमार्फत शब काठमाडौं ल्याउन लागेको हो । बिमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीले शब बुझ्ने बताइएको छ । ओलि मृतक परिवारप्रति राज्यका तर्फबाट अभिभावकत्व दर्शाउन विमानस्थल जान लागेका हुन् । काठमाडौंबाहेक अन्यत्रका मृतकको हकमा सरकारले सेनाको हेलिकप्टरमार्फत शब पुर्याउने व्यवश्था गरेको छ ।

चाटर्ड विमानमा स्वदेश फर्कन चाहने अफ्गानस्तानमा कार्यरत नेपालीलाईपनि ल्याइएको छ । उनीहरुको संख्या एकीन छैन । सोमबार सबेरै नेपाली सुरक्षागार्ड चढेको मिनिबसमाथि आत्मघाती बम प्रहार गरिएको थियो । सो क्रममा क्यानेडेली दुतावासको सुरक्षार्थ काबुलमा रहेका १२ नेपाली र नेपाली मूलका २ भारतियको ज्यान गएको थियो । सात नेपालीसहित केही घाइते भएका थिए । घाइतेको काबुलमा उपचार भइरहेको छ । उनीहरुलाई भारतको एपोलो अस्पताल लैजाने भनिएपनि विमान बन्दोवस्त नहुंदा सम्भाव भएको छैन ।

Kabul

विशेष