शब बुझ्न आफन्त विमानस्थलमा, सुरक्षा व्यवस्था कडा– फोटोफिचर
काबुलमा मारिएकाको शब ल्याउने खबर पाएसंगै आफन्त विमानस्थल पुगेका छन् । शोकविह्वल उनीहरु चाटर्ड बिमानको प्रतीक्षामा छन् । शब ल्याउन काबुल पुगेको चाटर्ड बिमान उडिसकेको छैन । बिमानले उडान भरेपछि काठमाडौं आइपुग्न सामान्यतया २ घण्टा ४० मिनेट लाग्दछ । बिमान उताबाट नउड्दै मृतकका आफन्त बिमानस्थल पुगेका हुन्। त्रिभुवन विमानस्थलमा शब बुझ्न प्रधानमन्त्री आफैं पुग्ने भएपछि सुरक्षा व्यवश्था कडा पारिएको छ ।
सोमबार तालिवानी आत्मघाती विष्फोटमा १२ नेपाली र २ नेपाली मूलका भारतिय नागरिकको ज्यान गएको थियो । नेपाल बायुसेवा निगमको चाटर्ड बिमानमार्फत शबसंगै स्वदेश फर्कन चाहने नेपालीलाई काबुलबाट ल्याउन लागिएको हो ।