अवैधानिक बाटोबाट विदेश गएकालार्इ बीमाबापत रु १० लाख प्राप्त नहुने

काठमाडौँ, ८ असार । अफगानिस्तानमा मारिएका १२ जनामध्ये ११ जन वैधानिक बाटो र एक गैरकानुनी ढङ्गबाट त्यहाँ पुगको भेटिएको छ ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले सुनसरीका अकुर तामाङ अफगानिस्तान गएको विवरण वैदेशिक रोजगार विभागको विवरणमा नदेखिएकाे बताए । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा लम्सालले जानकारी दिएका हुन् । तामाङ अवैधाननिक बाटोबाट विदेश गएको हुनसक्ने शंका गरे ।
यही असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका ११ र घाइते सातजना भने वैधानिक बाटोबाटै विदेश गएको भेटिएको छ । अवैधानिक बाटोबाट गएकाहरुले बिमाबापतको रु १० लाख, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषबाट प्राप्त हुने तीन लाखलगायतका सुविधा पाउँदैनन् । उनीहरुलाई सुविधा दिन छुट्टै निर्णय गर्नुपर्ने सचिव लम्सालले बताए ।
आर्थिक वर्ष २०६२/६३ मा अफगानिस्तानको निश्चित क्षेत्रमा रोजगारीका लागि खुला गरिएयता पनि हालसम्म वैधानिक ढङ्गबाट आठ हजार ६१४ जना नेपाली रोजगारीका लागि वैधानिक ढङ्गबाट अफगानिस्तान गएका छन् । जसमध्ये पाँच हजार २९१ व्यक्तिगत श्रम स्वीकृतिमा र र तीन हजार ३२३ जना म्यानपावर मार्फत संस्थागत श्रम स्वीकृतिमा गएका छन् । अवैधानिक ढङ्गबाट समेत १० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान गरिएको छ ।
kabul akraman
