काबुलमा मारिएका नेपालीको शब नेपाल ल्याइयो, शब बुझ्न प्रधानमन्त्री ओली विमानस्थलमा
असार – ८ । अफगानस्तानको काबुलमा आत्मघाती बम विष्पोटमा मारिएका १२ नेपालीको शब काठमाडौं ल्याइएको छ ।
सरकारले नेपाल बायुसेवा निगमको चार्टड बिमानमार्फत शब काठमाडौं ल्याएको हो । बिमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीले शब बुझ्ने छन् । ओलि मृतक परिवारप्रति राज्यका तर्फबाट अभिभावकत्व दर्शाउन विमानस्थल पुगेका हुन् । काठमाडौंबाहेक अन्यत्रका मृतकको हकमा सरकारले सेनाको हेलिकप्टरमार्फत शब पुर्याउने बताइएको छ । चाटर्ड विमानमा स्वदेश फर्कन चाहने अफगानस्तानमा कार्यरत नेपाली २४ जनालाई पनि ल्याइएको छ ।
सोमबार सबेरै नेपाली सुरक्षागार्ड चढेको मिनिबसमाथि आत्मघाती बम प्रहार गरिएको थियो । सो क्रममा क्यानेडेली दुतावासको सुरक्षार्थ काबुलमा रहेका १२ नेपाली र नेपाली मूलका २ भारतियको ज्यान गएको थियो । सात नेपालीसहित केही घाइते भएका थिए । घाइतेको काबुलमा उपचार भइरहेको छ । उनीहरुलाई भारतको एपोलो अस्पताल लैजाने भनिए पनि विमान बन्दोवस्त नहुंदा सम्भाव भएको छैन ।
KP Sharma Oli