डांको छाड्दै आफन्तले शब बुझ्दा उपस्थित अरुकोपनि आंशु थामिएन – फोटो फिचर

शब्द/ तस्विर : गगन थापा
असार – ८ । अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । मृतकका परिवारहरुले शब बुझ्ने क्रममा रुवाबासी गरेर वातावरणलाई नै भावविह्वल बनाएका छन् । यतिबेला विमान स्थलमा मृतकका परिवार र आफन्तजनको घुइँचो लागेको छ । शब बुझ्ने क्रममा कतिपय मृतकका परिवारहरु मुर्छित भएका छन् ।











