ताजा खबर प्रवास News

मृतकका परिवार भावबिह्वल, शब बुझ्न प्रधानमन्त्री

मृतकका परिवार भावबिह्वल, शब बुझ्न प्रधानमन्त्री
असार – ८ ।  दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट अन्य २४ नेपाली कामदार पनि आजै ल्याइएको छ । शवमा फूलमाला अर्पण गरेपछि आफन्तलाई बुझाइएको छ । सो आक्रमणमा परी घाइते भएका पाँच जनालाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ भने दुई जनाको उपचार काबुलमै भइरहेको छ । kabul feature image प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानस्तानमा आतंककारी हमलामा मारिएका र घाइतेहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आतंककारी आक्रमणमा मारिएका १२ जना नेपालीलाई त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जली दिएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका हुन् । प्रधानमन्त्रीले आतंकवादका विरुद्धमा नेपाल रहेको र पीडित परिवारजनका साथमा आफू रहेको स्पष्ट गरे । kabul-accident-4 प्रधानमन्त्री ओली बरिष्ठ मन्त्रीसहित त्रिभुवन बिमानस्थल पुगेपछि मृतकका आफन्तले राहतको महशुश गरे । विमानस्थल पुगेका सर्बसाधरणको पनि मन ताने । परराष्टमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नते, श्रम मन्त्री दीपक बोहरा, स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीपनि प्रधानमन्त्री ओलीका साथ विमानस्थल पुगेका थिए । आंतककारीको आत्मघाती हमलामा मारिएका नेपालीप्रति राज्यले सम्मान व्यक्त गरेको तथा पीडित परिवारलाई अभिभावकत्वको अनुभुति गराएको अनुभुति विमानस्थलको दृश्यले देखाएको थियो । मृतकका परिवार र आफन्त, सुरक्षाकर्मी, पत्रकार र ठूलो संख्यामा सर्वसाधरण विमानस्थल पुगेका थिए । kabul 17 ‘कस्तो सहयोग गर्न सकिन्छ, सरकारले उपयुक्त निर्णय लिन्छ’ उनले भने । प्रधानमन्त्री ओलीले मृतकप्रति फुल चढाएर श्रद्धान्जली व्यक्त गरेका थिए । सोमबार सबेरै नेपाली सुरक्षागार्ड चढेको मिनिबसमाथि आत्मघाती बम प्रहार गरिएको थियो । सो क्रममा क्यानेडेली दुतावासको सुरक्षार्थ काबुलमा रहेका १२ नेपाली र नेपाली मूलका २ भारतियको ज्यान गएको थियो । सात नेपालीसहित केही घाइते भएका थिए । घाइतेको काबुलमा उपचार भइरहेको छ । उनीहरुलाई भारतको एपोलो अस्पताल लैजाने भनिए पनि विमान बन्दोवस्त नहुंदा सम्भाव भएको छैन । प्रस्तुति : सागर बुढाथोकी

kabul aakrman

विशेष