सभापतिमा गुरुङ निर्विरोध निर्वाचित
असार - ८ । व्यवस्थापिका संसदको सुनुवाई समितिको सभापतिमा नेपाली कांग्रेसका कुलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन्।
समितिको सभापतिका लागि अर्को उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् । उनको समर्थकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र प्रस्तावकमा एमालेका सांसद गणेशमान गुरुङ रहेका थिए । निर्वाचित भएसंगै उनले सभामुख ओनसरी घर्तीबाट सपथ ग्रहण गरेका छन् ।
यसअघि सुनुवाई समितिको सदस्य संख्यामा सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको फरक–फरक अडानका कारण विगत आठ महिनादेखि सुनुवाई समिति गठन हुन सकेको थिएन । समितिले यही साताबाट प्रधानन्यायाधीश सहित ११ न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, बिभिन्न २२ मुलुकमा सिफारिस भएका राजदूत लगायतमाथि सुनुवाई प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।
kul bahadur gurung