असार - ८ । सरकारले बुधबार बिहान पठाएको नेपाल एयरलाइन्सको चार्टर विमानबाट १२ जना शबसंगै २४ जना पनि आएका हुन् । परारष्ट्र मन्त्रालयले फर्कन चाहने नेपालीका लागि विमानमा आउन सुविधा दिएको थियो । २४ मध्येका एक शुकबहादुर तामाङले अफगानस्थानमा काम गर्न पलपल ज्यानको खतरा भएको बताएका छन् ।
व्यक्तिगत भिसामा चार वर्ष अगाडि शुकबहादुर अफगानिस्तान पुगेका थिए । त्यहाँ मासिक तलब ९५० अमेरिकी डलर रहेको तामाङ बताउँछन् । फर्किएका २४ जनाले २० दिनको तलब माया मारेरै फर्किएका हुन । नेपालीको वियोगप्रति सहानुभुति जनाउंदै उनीहरु कार्यरत कम्पनीले पैसा नेपालनै पठाइदिने मौखिक जानकारी दिएको खुलासा गरे । उनीहरुसंगै काम गर्ने ३३ नेपाली घर बिदामा यसअघि नै नेपाल आइसकेका छन् । उनीहरुपनि नफर्कने तामाङको अनुमान छ ।
मृतकका परिवारलाई कम्पनीले ५० हजार डलर (५५ लाख) दिने मौखिक निर्णय गरेको उनले नेपाल आजलाई बताए । अफगानिस्तानको सबै ईलाकामा खतरा रहेको छ भन्ने जान्दाजान्दै पनि काम गर्न आफूहरु विवश रहेको तामाङले बताउँछन् ।
को को फर्किए

प्रस्तुति ः सागर बुढाथोकी
kabul akraman
kabul akramna