कम्पनीले मृतकका परिवारलाई क्षतिपूर्ति दिने, फर्किएका नेपाली भन्छन्–अब अफगानिस्तान कहिल्यै नजाने

[caption id="attachment_7629" align="alignnone" width="960"]
तस्विर : गगन थापा / नेपाल आज[/caption]
असार – ८ । काबुलमा सुरक्षागार्डका रुपमा कार्यरत २४ नेपालीपनि चाटर्ड विमानमा फर्किएका छन् । संगै काम गर्ने १२ नेपाली दाजुभाइको तालीबानको आत्मघाती आक्रमणमा ज्यान गएपछि उनीहरु फर्किएका हुन् । नुवाकोटका सुक बहादुर तामाङ साथीहरुको हत्या भएपछि काबुलमा बस्नै मन नलागेको बताउंछन् ।
[caption id="attachment_7627" align="alignnone" width="960"]
तस्विर : गगन थापा / नेपाल आज[/caption]
उनी व्यक्तिगत भिसामा ४ वर्ष अगाडि अफगानिस्तान पुगेका थिए । उनको मासिक तलब ९५० अमेरिकी डलर थियो । उनले पलपलमा मृत्युसंग पैसा साटेजस्तो भएको अनुभव सुनाए । मृतकका परिवारलाई कम्पनीले ५० हजार डलर (५५ लाख) दिने व्यबस्था गरेको काबुलबाट फर्किएका शुकबहादुर तामाङले बताए । अफगानिस्तानको सबै ईलाकामा खतरा रहेको जान्दाजान्दैपनि काम गर्न आफुहरु विवश रहेको तामाङले स्पष्ट गरे ।
[caption id="attachment_7630" align="alignnone" width="960"]
तस्विर : गगन थापा / नेपाल आज[/caption]
फर्किएका २४ जनाले २० दिनको तलब माया मारेरै फर्किएका छन् । नेपालीको वियोगप्रति सहानुभुति जनाउंदै उनीहरु कार्यरत कम्पनीले पैसा नेपालनै पठाइदिने मौखिक जानकारी दिएको छ । उनीहरुसंगै काम गर्ने ३३ नेपाली घर बिदामा यसअघि नै नेपाल आएका थिए । उनीहरुपनि नफर्कने तामाङको अनुमान छ ।
[caption id="attachment_7628" align="alignnone" width="960"]
तस्विर : गगन थापा / नेपाल आज[/caption]
सरकारले बुधबार बिहान पठाएको नेपाल एयरलाइन्सको चार्टर विमानबाट २४ नेपाली पनि आएका हुन् । परारष्ट्र मन्त्रालयले फर्कन चाहने नेपालीका लागि विमानमा आउन सुविधा दिएको थियो । फर्किएकामध्ये सबैभन्दा बढी नुवाकोटका ९ जना छन् ।
[caption id="attachment_7631" align="alignnone" width="1000"]
तस्विर : गगन थापा / नेपाल आज[/caption]
प्रस्तुति : सागर बुढाथाेकी
kabul akraman





को को फर्किए
