कार्यालय परिसरबाटै ४५ हजार घुससहित इन्जिनियर महर्जन पक्राउ
बिप्लव नेतृत्वको केनपा माओवादीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर रमेश महर्जन घुस रकम लिँदै गर्दा पक्राउ गरेको छ । कार्यालय परिसरमै ४५ हजार घुस रकम सहित आज दिउसो २ः३० बजे महर्जन पक्राउ परेका हुन् ।
मकवानपुरगढी ५ स्थित देवीडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भागवत घिमिरे र सचिव गोपाल प्रसाद तिमल्सिनासँग घुस लिँदै गर्दा उनीहरु सहित लाई पक्राउ गरि अख्तियारलाई बुझाएको माओवादी मकवानपुरले जनाएको छ । उपभोक्ता कमिटिका सचिव गोपाल प्रसाद तिमल्सिनाले आठ लाख रुपैयाँको खानेपानी आयोजना सम्पन्न गर्न १८ प्रतिशत रकम माग गरेकोमा पहिलो किस्ता स्वरुप ४५ हजार रुपैयाँ इन्जिनियरलाई घुस दिएको बताए ।
कार्यालय समयमा सरकारी निवासभित्र घुस रकम लेनदेन गरिरहेको गोप्य सुचना आएपछि माओवादी टोलीले छामा मारी पक्राउ गरेको बिप्लब माओवादी मकवानपुरका नेता गोकुल दहालले बताए । यस अघि पनि बिप्लब माओवादी मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका इन्जिनियरलाई घुस सहित पत्राउ गरेको थियो । घुस रकम लिने दिने दुबै पक्षलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको अख्तियार मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाका प्रवक्ता नरेन्द्र भट्टराईले बताए ।
Biplab Maoist