कोमामा रहेका च्याङ्वा तामाङको मृत्यु, मृतककाे संख्या १३ पुग्याे
असार - ८ । अफगानिस्तानको काबुलमा उपचाररत एक अर्का नेपालीको मृत्यु भएको छ ।
कोमाका उपचार गराइरहका च्याङ्वा तामाङको आज मृत्यु भएको हो । यो संगै मृतक नेपालीको संख्या १३ पुगेको छ । परराष्ट्रमन्त्रालयले ट्वीटरमा ट्वीट गर्दै उक्त कुराकाे जानकारी दिएकाे हाे । मृत्यु भएका १२ नेपालीको शब आजै विशेष बिमानबाट नेपाल ल्याएर आफन्तलाई बुझाइसकिएको छ ।
सोमबार सबेरै नेपाली सुरक्षागार्ड चढेको मिनिबसमाथि आत्मघाती बम प्रहार गरिएको थियो । सो क्रममा क्यानेडेली दुतावासको सुरक्षार्थ काबुलमा रहेका १२ नेपाली र नेपाली मूलका २ भारतियको ज्यान गएको थियो । सात नेपालीसहित केही घाइते भएका थिए । अन्य घाइतेको काबुलमा उपचार भइरहेको छ । उनीहरुलाई भारतको एपोलो अस्पताल लैजाने भनिए पनि विमान बन्दोवस्त नहुंदा सम्भाव भएको छैन ।