श्रीमतीकाे खुकुरी प्रहारबाट श्रीमान् गम्भीर घाइते

असार–८ । श्रीमतीको खुकुरी प्रहारबाट पाँचथर ओयम–४ का कमल योङ्या गम्भीर घाइते भएका छन् ।
सामान्य घरायसी विवाद भएपछि २७ वर्षीया श्रीमती फूलमायाले खुकुरी प्रहार गर्दा कमल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । घाइते कमलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने फूलमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
panchthar
