खेल ताजा खबर News

यु्रोकपमा आयरल्याण्डले इटालिलाई हरायो, पोर्चुगल र हंगेरीले बराबरी खेले

यु्रोकपमा आयरल्याण्डले इटालिलाई हरायो, पोर्चुगल र हंगेरीले बराबरी खेले

2 असार ९ । क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा पोर्चुगलले हंगेरीसँग बराबरी खेलेको छ र युरो २०१६ को नक आउट चरणमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा हंगेरी र पोर्गुगलले ३–३ को बराबरी खेलेका छन् । बराबरीसँगै हंगेरी ५ अंकका साथ समूह एफको विजेता बनेको छ । ३ अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा रह्यो ।

3

त्यस्तै बुधबार राति नै भएको अर्को खेलमा समूह चरणको अन्तिम खेलमा बलियो टिम इटालीलाई रिपब्लिक अफ आयरल्याण्डले हराएको छ । रिपब्लिक अफ आयरल्याण्डले इटालीलाई १–० ले हरायो र उत्कृष्ट तेस्रोमा पर्दै अन्तिम १६ मा स्थान बनायो । आयरल्याण्डको जितमा ८५ औं मिनेटमा ब्राडीले गरेको गोल निर्णायक बन्यो ।1

ब'धबारै भएको अर्को खेलमा आइसल्याण्डले अस्ट्रियालाई २–१ ले हरायो र समूह एफको उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो । अन्तिम १६ मा आउँदो सोमबार आइसल्याण्डले समूह बीको उपविजेता इंग्ल्याण्डसँग खेल्ने छ । आइसल्याण्डलाई महत्वपूर्ण जित दिलाउन इन्जुरी समयमा आरनोर इनग्भी ट्रउस्तासनले गरेको गोल निर्णाक बन्यो ।

4

Uro cup Uro Cup 2016

विशेष