ग्यांस उद्योगीको धम्कीबाट सरकार पछि हट्यो

असार ९ । ग्यास उद्योगीको गैरकानुनी धम्कीले अन्ततः सरकार झुकेको छ । ललितपुर र कालिमाटी ग्यास विस्फोटको वास्तविक तथ्य सार्वजनिक नहुँदै सरकारले एचपी ग्यास उद्योगलाई गरेको कारवाही फिर्ता लिएको छ । उद्योगीको दबाबपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । ग्यास उद्योगीले अत्यावश्यक सेवा सञ्चालन ऐनविपरीत मंगलबारदेखि पिडिओ नलिएपछि सरकार उनीहरुको गैरकानुनी धम्कीका अगाडि झुक्दै कारवाही फिर्ता लिएको हो । यसबाट उपभोक्ताको भान्छामा सिलिन्डर बमको आतंक झन बढ्ने देखिन्छ ।
नागरिक दैनिक
Gas Gas nepal