अपराध सुरक्षा ताजा खबर News स्वास्थ्य

६० लाख दाइजो लिएर नक्कली डाक्टर फरार

६० लाख दाइजो लिएर नक्कली डाक्टर फरार

12 असार ९ । जनकपुरका एक डाक्टर विवाह अघि नै केटीपक्षबाट ६० लाख रुपैयाँ दाइजो लिएर अग्रिम लिएर फरार भएका छन् । जनकपुर–१० मा बस्दै आएका लाल ठाकुरका छोरा डा. प्रशान्त शर्माले बिहे गर्ने निधो गरी केटी पक्षबाट दाइजोका रुपमा ६० लाख रुपैयाँ अग्रिम लिएका थिए । महोत्तरी भ्रमरपुरका मोहन शर्माले आफ्नी छोरीको विवाह महोत्तरीकै धिरापुर घर भई जनकपुर बस्दै आएका शर्मासँग गर्ने निधो गरेका थिए । केटा पक्षले ६० लाख रुपैयाँ दाइजो मागेपछि केटी पक्षले उक्त रकम बैंक खातामा जम्मा गरिदिएका थिए ।

प्रशान्त चीनबाट एमबीबीएस गरेर जनकपुरको जानकी मेडिकल कलेज अन्तर्गत सञ्चालित सिटी हस्पिटलमा कार्यरत थिए । अहिले नेपाल प्रहरीको सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र भएका चिकित्सकलाई देशैभरी पक्राउ गरिरहेका बेला प्रशान्त नक्कली प्रमाणपत्रको डरले फरार भएको हुन सक्ने केटी पक्षको आशंका छ ।

Docotor Fake Doctor

विशेष