ताजा खबर News

माओवादी केन्द्र झनै जम्बो

माओवादी केन्द्र झनै जम्बो

Maobadi Kendraकाठमाडौं, असार ९ । नेकपा माओवादी केन्द्रले केन्द्रीय महाधिवेशन आयोजक समिति फेरि बढाएको छ । मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ४ सय थप गर्दै आयोजक समितिलाई १४ सय ९९ सदस्यीय बनाउने निर्णय गरेको हो । थपिने नेताहरूको नामको टुंगो लगाउने जिम्मा केन्द्रीय कार्यालयलाई दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकले नौ सदस्यीय पार्टी हेडक्वार्टरलाई पनि विस्तार गरेर ३३ सदस्यीय बनाएको छ । विस्तारित कार्यालय टिममा पूर्ववत् एमाओवादी स्थायी समितिका १३, रामबहादुर थापा बादल पक्षका ६, मातृका यादव, मणि थापा, जयपुरी घर्ती, तिलक परियार गरी २३ सदस्य अहिले चयन भएका छन् । बाँकी १० जना भने पछि पूर्ति गरिने प्रवक्ता भुसालले जानकारी दिइन् । बैठकले दुई सय ५५ सदस्यीय पोलिटब्युरो विस्तार गरी दुई सय ९९ सदस्यीय र ८५ सदस्यीय सचिवालय ९९ सदस्यीय बनाएको छ ।

Maoist Kendra Prachanda

विशेष