News

महन्थ ठाकुल तमलोपा अध्यक्षमा निर्विरोध

महन्थ ठाकुल तमलोपा अध्यक्षमा निर्विरोध

काठमाडौं असार ९ । तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्षमा महन्थ ठाकुर निर्विरोध छानिएका छन् । स्थापनाकालदेखि नौ बर्षसम्म निरन्तर अध्यक्ष रहेका ठाकुर पहिलो महाधिवेशनबाट बुधबार निर्विरोध छानिएका हुन् । कांग्रेस कोषाध्यक्ष र मन्त्री त्याग गर्दै ठाकुरले ०६४ सालमा नयाँ पार्टी खोलेका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा हृदशेष त्रिपाठी र उपाध्यक्षमा बृशेषचन्द्र लाल पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।

Tamalopa

विशेष