अपराध सुरक्षा ताजा खबर News

बबरमहलमा गोली चल्यो

बबरमहलमा गोली चल्यो

काठमाडौं, असार ९ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बबरमहलमा एक अभियुक्त प्रकाउ गर्न बिहीबार दिउसो गोली प्रहार गरेको छ । एक दर्जनभन्दा बढी डाका मुद्दामा फरार रहेका जसवन्त राई प्रहरी देख्नासाथ भागेका थिए ।

उनलाई पछ्याउँदै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आत्मसमर्पण गर्न चेतावनी दिए पछि भागेको र उल्टो प्रहरीलाईनै फलामको रडले हानेपछि प्रहरीले गोली चलाएको एसएसपी सर्वेन्द्रनाथ खनालले बताए । प्रहरीले चलाएको गोली राईको घुँडामा लागेको छ । गोली लागेर घाइते भएका राईलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि वीर अस्पताल लगिएको एसएसपी खनालले बताए ।

Gun Nepal Police

विशेष