फुड News

चितवनका ४२ उद्योग तथा पसल विरुद्ध मुद्दा दर्ता, कन्सल्टेन्सी, मेडिकलको अनुगमनलाई तीव्रता

चितवनका ४२ उद्योग तथा पसल विरुद्ध मुद्दा दर्ता, कन्सल्टेन्सी, मेडिकलको अनुगमनलाई तीव्रता

असार - ९ । खाद्य ऐन विपरीत कार्य गरेको भन्दै जिल्लामा सञ्चालित ४२ वटा उद्योग तथा पसल विरुद्ध मुद्दा दर्ता भएको छ । 

जिल्ला खाद्य निरीक्षण एकाइका अनुसार यस चालु आवमा बजार अनुगमनका क्रममा कैफियत भेटिएका ४२ उद्योग विरुद्ध मुद्दा दर्ता भएको हो । खाद्य निरीक्षक नवीन देउजाले कुल ९६ वटा खाद्य सामग्रीको नमुना सङ्कलन गरिएकामा ५५ वटा नमुना ऐन प्रतिकूल भएको पाइएको जानकारी दिए । 

१३ वटा खाद्य उद्योग जिल्ला बाहिरका रहेकाले ती उद्योगविरुद्ध सम्बन्धित जिल्लाबाट मुद्दा चल्ने गरी पत्र पठाइएको छ । प्रमाणित भए ऐनअनुसार रु १० हजार जरिवाना वा दुई वर्ष कैद तथा दुवै सजायको व्यवस्था छ । मुद्दा दर्ता भएकामा पानी उद्योग, मिठाइ पसल, म्याद गुज्रेका सामग्री बेच्ने किसान, मसला उद्योग, पाउरोटी उद्योग बढी रहेको देउजाले बताए । 

यस वर्ष जिल्लामा खाद्य निरीक्षण एकाइ, चितवन प्रशासन, उपभोक्ता अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा घरेलु उद्योगको संयुक्त पहलमा बजार अनुगमन गरिएको थियो । यस्तै कन्सल्टेन्सी, मेडिकलको सेवाका बारेमा समेत अनुगमनलाई तीव्रता दिएको प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्माले जानकारी दिए । सबैभन्दा बढी मिठाइमा मिसावट, पानी र पेय पदार्थ तथा अन्य सामान म्याद गुज्रेका पाइने गरिएको छ । रासस

anugaman

विशेष