पेट्रोलियम पाइपलाईन निर्माण गर्न भारतीय टोली नेपालमा
काठमाडौं, असार १० । चीनले नेपालमा पेट्रोलियम पदार्थ उत्खनन् र भण्डारणगृह निर्माणमा चासो देखाएकै बेला भारतले पनि बहुप्रतिक्षित रक्सौल अम्लेखगञ्ज पाइपलाईन निर्माण अघि बढाउने स्पष्ट संकेत दिएको छ । यसका लागि इण्डियन ओयल कर्पोरेशन ( आईओसी ) अन्तर्गतको रक्सौल अम्लेखगञ्ज पाइपलाईन प्रोजेक्टका एस गागुंली, डिएस नानावारे, एसएस बासे सहित दश जना भारतीय इन्जिनियरहरुको टोली नेपाल आएर स्थलगत अध्ययन गरेका छन् ।
आईतवार नेपाल भित्रिएको उक्त टोलीले तीन दिन लगाएर रक्सौल अम्लेखगञ्ज खण्डको स्थलगत अनुसन्धान गर्यो भने बहिवार राजधानीमा पाईप लाईन निर्माण बारे नेपाल आयल निगमका उच्च अधिकारीहरुसँग प्रारम्भिक छलफल गर्यो । छलफलमा भारतीय पक्षले पाइपलाइन बिछ्याउन नेपालले बाटो उपलब्ध गराउनु पर्ने , निर्माणका बेला भारतबाट ल्याइएका पाइपहरुको भण्डारणस्थलको पूर्ण सुरक्षा दिनुपर्ने, बन, सडक लगायत सम्बन्धित गाविस र नगरपालिकासँग अनुमती लिइदिनुपर्ने तथा पाईप ल्याउँदा लाग्ने भन्सार कर जस्ता बिषय उठाएको थियो ।
Nepal Oil Corporation