ताजा खबर विदेश News

कोलम्बियामा सरकार र विद्रोहीबीच सम्झौता

कोलम्बियामा सरकार र विद्रोहीबीच सम्झौता

com

असार १० । कोलम्बिया सरकार र फार्क विद्रोहीबीच ऐतिहासिक युद्धविरामको सम्झौतामा हस्ताक्षर भएको छ । युद्धविराम सम्झौतासँगै कोलम्बियामा चल्दै आएको ५० वर्षभन्दा लामो संघर्ष अन्त्य हुने विश्वास लिइएको छ । कोलम्बिया सरकारका तर्फबाट राष्ट्रपति जुआन मानुएल सान्तोस र विद्रोहीका तर्फबाट तिमोलिओन जिमेनेजले क्युवामा सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि कोलम्बियाली राष्ट्रपति सान्तोसले दशकौंदेखि झल्दै आएको युद्ध अन्त्यको विकल्प नभएको बताए ।

फार्कका नेता तिमोलिओन जिमेनेजले अब मुलुकमा युद्धको अन्तिम दिन आएको बताए । सरकारसँग भएको शान्ति सम्झौतापछि विद्रोहीले आगामी ६ महिनाभित्र सबै हतियार छाड्ने छन् । कोलम्बियामा चलेको ५ दशकदेखिको द्वन्द्वमा झन्डै २ लाख २० हजार मानिसले ज्यान गुमाएका छन् भने करिब ७ लाख मानिस विस्थापित भएका छन् । कोलम्बिया सरकार र फार्क विद्रोहीबीच हवानामा तीन वर्षभन्दा बढी समयदेखि शान्ति वार्ता हुँदै आएको थियो

Cambodia

विशेष