
असार १० । ब्रिटेनमा भएको ऐतिहासिक जनमतसंग्रहमा युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षले ५२ प्रतिशत मत ल्याएको छ भने इयुमै आवद्ध रहनुपर्ने पक्षले ४८ प्रतिशत मत हासिल गरेको छ । लण्डन र स्कटलण्डले इयुमा नै रहने पक्षमा दह्रो समर्थन गरेपनि उत्तरी ब्रिटेनमा इयुमा नै रहनुपर्ने पक्षले कमजोर प्रदर्शन गरेको छ । युकेआइपीका नेता नाइजल फराजले परिणामको स्वागत गर्दै त्यसलाई ब्रिटेनको स्वतन्त्रताको दिनको संज्ञा दिएका छन् ।
बजारले उक्त परिणामबारे प्रतिक्रिया दिन थालेपछि पाउन्डको मूल्य डलरको तुलनामा सन् १९८५ यताकै तल्लो बिन्दुमा खसेको छ । यसको प्रत्यक्ष असर नेपालको अर्थ तन्त्रमा पनि परेको देखिन्छ । जनमतसंग्रहमा मतादाताको उपस्थिति उत्सहजनक रहेको थियो । २० वर्षदेखि इयुबाट अलग हुनुपर्ने पक्षमा अभियान चलाइरहेका युकेआइपीका नेता नाइजल फराजले समर्थकहरुलाई सम्बोधन गर्दै भनेका छन् । यो साधारण र सभ्य जनताहरुको विजय हो ।
EU
European Union