ताजा खबर News समाज

कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले सदनमा बोल्न पाएनन्

कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले सदनमा बोल्न पाएनन्

kp sharma oli-rss काठमाडौं असार १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा सम्बोधन गर्न दिएन । कांग्रेसले बिहीबार भूकम्प पीडितलाई २ लाख एकमुष्ट दिन रकम दिनु पर्ने भन्दै संसद अवरुद्ध परेको थियो र, प्रधानमन्त्रीको जवाफ मागेको थियो । शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसले उठाएको विषयको जवाफ दिन चाहेका थिए । तर, संसद बैठक सुरु हुनु अघि नै कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई बोल्न नदिने बताए ।

आफूहरुले उठाएको विषयमा प्रधानमन्त्रीले कुनै सम्वाद नै नगरेकोले बैठक चल्न नदिने उनीहरुले बताए । पहिले पनि संसद अवरुद्ध हुँदा प्रधानमन्त्रीले सम्वन्धित पक्षसँग कुुराकानी गरेर सहमति गर्ने प्रचलन थियो । आफूहरुले उठाएको मागबारे के गर्ने भन्ने सहमझदारी नगरे सदन चल्न नदिने कांग्रेसले बताएको छ ।

KP Oli PM Kp oli Sadan

विशेष