ताजा खबर विदेश News

इयुबाट अलग भएपछि बेलायती प्रधानमन्त्रीले दिए राजीनामा

इयुबाट अलग भएपछि बेलायती प्रधानमन्त्रीले दिए राजीनामा
david-EU असार १० । इयुबाट बेलायत बाहिरिए संगै बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले राजीनामा दिएका छन् । ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि क्यामरनले राजीनामाको घोषणा गरेका हुन् । उनले जनमत संग्रहमा इयु मै रहने पक्षमा मतदान गर्न  अाग्रह गरेका थिए । इयुबाट बाहिरिए देशले गम्भीर आर्थिक तथा सुरक्षा समस्या बेहोर्नुपर्ने बताउँदै आएका थिए। इङ्गल्याण्ड र वेल्सले इयु छाड्ने पक्षमा दह्रो समर्थन जनाए भने लन्डन, स्कटल्याण्ड तथा उत्तरी आयरल्याण्डले रहिरहनुपर्ने पक्षमा बहुमत दिएका थिए। बिहीबार भएको जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले इयू छाड्नु पर्ने भन्दै मतदान गरेका छन् । मत परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री क्यामरनले अब आफूहरु ब्रिटिश जनताले गरेका निर्णय कार्यान्वयन गर्न सहयोगी हुने जनाएका छन्। क्यामरुनले आफूले पद छाड्ने निर्णय महारानीलाई जानकारी गराइसकेको र छोटो समयको लागि मात्रै पदमा बस्ने बताए । अक्टोबरमा हुने कन्जरभेटिभ पार्टीको सम्मेलनपछि क्यामरुनले पद छाड्नेछन् । तत्कालका लागि भने उनले नै सरकारको नेतृत्व गरिरहने छन्। र, यो पनि इङ्ल्याण्ड युरोपयिन युनियनबाट अलग भयाे

Devid Camron EU

विशेष