ताजा खबर News

कानुन तयार भएपछिमात्र निर्वाचनको मिति तोक्न सुझाव

कानुन तयार भएपछिमात्र निर्वाचनको मिति तोक्न सुझाव

असार - १० । पर्याप्त गृहकार्य र छलफलबिना आगामी मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचनको तयारी भएको विश्लेषकको धारणा राखेका छन् ।  nirvachan-aayog1राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचन पूर्वाधार र प्रतिनिधित्व’ विषयक अन्तक्र्रियाका सहभागी वक्ताले स्थानीय तहको निर्वाचनसम्बन्धी कानुन तयार भएपछिमात्र निर्वाचनको मिति तोक्न सुझाएका छन् ।यसैगरी स्थानीय तहको सङ्ख्या तथा सीमा निर्धारणसम्बन्धी आयोगको प्रतिवेदन आउनुअगावै स्थानीय तहको निर्वाचनको घोषणा भएकाले राजनीतिक सहमतिमा आयोगको सुझावसहित निर्वाचनका कार्यअघि बढाउनुपर्ने उनीहरुकाे भनाइ छ ।  संविधानविद् नीलाम्बर आचार्यले भने – “स्थानीयस्तरमा निर्वाचन नभएसम्म विकृति र विसङ्गति बढ्दै जाने र यसले राष्ट्रियस्तरको राजनीतिमा समेत प्रभाव पार्नुका साथै राष्ट्रलाई नै कमजोर बनाउने र अन्तमा सार्वभौम अधिकार पनि जनताको हातबाट धकेलिँदै जान्छ ।”  उनले  एक महिनाभित्रै निर्वाचन गराउन सक्नेगरी आयोगलाई पूर्वाधारयुक्त बनाइनुपर्ने, आयोेगले पनि यो भएन त्यो भएन भन्नुभन्दा समयमै निर्वाचन सम्पन्न गराउन आवश्यक सुझाव दिनुपर्ने बताए ।  कायममुकायम प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जसले निर्वाचन गराउँछ त्यसैले नै निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचनसम्बन्धी ऐनमा व्यवस्था गरिनुपर्छ बताए।

nirbachan aayog

विशेष