अपराध सुरक्षा News

बोक्सी आरोप लगाउनेलाई छ महिना कैद, पाँच हजार जरिवाना

बोक्सी आरोप लगाउनेलाई छ महिना कैद, पाँच हजार जरिवाना
असार - १० । बोक्सीको आरोप लगाएको मुद्दामा तीनजनालाई जिल्ला अदालतले आज कैद तथा जरिवानाको फैसला सुनाएको छ । mahila-himsa-final-final जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधीश चिन्तामणि बरालको इजलासले जलविरे गाविस–९ का वीरकाजी तामाङलाई स्थानीय सोममाया तामाङलाई बोक्सीको आरोप लगाएको भन्दै छ महिना कैद, रु पाँच हजार जरिवाना र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । त्यसैगरी बाह्रबिसे–७ का गोविन्दप्रसाद पौडेललाई तीन महिना र चोकटी–६ का पार्वती सापकोटालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीेले जानकारी दिए। प्राप्त जानकारीअनुसार पार्वतीको बुहारी सुत्केरी भएको अवस्थामा खानामा गडबडी भइ सामान्य बिरामी भएकी थिइन् । धामीलाई हेराउँदा बोक्सी लागेको भनेपछि उनीहरुले स्थानीय गीता भट्टराईलाई बोक्सीको आरोप लगाउँदै बेइज्जत गरेपछि उनीबिरुद्ध गीताले जाहेरी दिएकी थिइन् ।

bokshi

विशेष