ताजा खबर विदेश News

युरोपियन युनियनबाट किन बाहिरिदै छ ब्रिटेन ?

युरोपियन युनियनबाट किन बाहिरिदै छ ब्रिटेन ?
ब्रिटेन युरोपियन युनियन (ईयू) बाट बाहिरिने करिब पक्का भएको छ । हिजो भएको जनमतसंग्रहको मत आइरहँदा बाहिरिने पक्षमा ५१ प्रतिशत जनता उभिएका छन् । david-EU जनमतसंग्रहको परिणाम आइरहँदा ब्रिटेनी जनताले ईयूबाट बाहिरिने स्पष्ट सन्देश ईयू सदस्य राष्ट्र र ब्रिटेन सरकारलाई दिएका छन् ।मतपरिणामअनुसार अधिकतम अर्थात ५१ प्रतिशत जनताले ब्रिटेन ईयुको सदस्य नरहने पक्षमा मतदान गरेपछि विश्वभर सेयर बजारमा उथलपुथल आएको छ भने तेलको मूल्यमा पनि भारी गिरावट आएको छ । मतपरिणाम अनुसार अहिलेसम्म ईयुको सदस्यमै रहने पक्षमा ४८.७ प्रतिशत जनता उभिएका छन् । अहिलेसम्मको परिणाम अनुसार १ करोड ४३ लाख ५६ हजार ५ सय ३३ जना ईयुबाट बाहिरिने पक्षमा उभिएका छन् भने १ करोड ३४ लाख ९ हजार ६ सय ११ जना ईयुमै रहने पक्षमा उभिएका छन् । एक अनुमानका अनुसार अनुसार ४ करोड ६० लाख भन्दाबढी जनताले यो जनमतसंग्रहमा भाग लिएका थिए । यस जनमत संग्रहपछि अहिलेसम्म ३८२ मा १७० क्षेत्रको मतपरिणाम आइसकेको छ । ब्रिटेनका नागरिकबीच पनि यसबारेमा मत बाँडिदै आएको छ। यही विवादलाई लिएर सरकारले जनमत संग्रह गराएको हो । यो जनमत संग्रहमा ४ करोड ६० लाख मानिसले भाग लिएका थिए । बाहिरिँदा ब्रिटेनलाई फाइदा ब्रिटेनलाई प्रत्येक वर्ष युरोपियन युनियनको बजेटका लागि ९ अर्ब डलर दिनुपर्ने छैन । ब्रिटेनको सीमामा बिना अवरोध भइरहेको आवतजावतमा लगाम लाग्नेछ । फ्री भिसा नीतिका कारण ब्रिटेनलाई भइरहेको नोक्सान पनि कम हुनेछ । बाहिरिँदा ब्रिटेनलाई घाटा युरोपियन युनियनबाट बाहिरिँदा ब्रिटेनलाई आर्थिक वृद्धिमा १ देखि ३ प्रतिशतसम्म नोक्सान हुनेछ । ब्रिटेनका लागि सिंगल मार्केट प्रणाली समाप्त हुनेछ । अन्य युरोपेली देशमा ब्रिटेनलाई व्यापारसँग जोडिने समस्या बढ्नेछ । पुरै युरोपियन युनियनमाथि भइरहेको ब्रिटेनको दबदबा समाप्त हुनेछ । के हो युरोपियन युनियन? युरोपियन युनियन २८ वटा युरोपेली देशको साझा संगठन हो । सन् १९७५ मा ६ देश (बेल्जियम, फ्रान्स, इटाली, लक्जेमबर्ग, नेदरल्यान्ड्स) रे युरोपियन युनियनको बीउ रोपेका थिए । सन् २०१५ सम्मको आँकडा अनुसार युरोपियन युनियनको जनसंख्या ५० करोड भन्दा धेरै रहेको छ । युरोपियन युनियनमा रहेका सबै देशको एउटै मुद्रा प्रचलनमा रहेको छ । ईयुमा सामेल भएका २८ वटा देशका नागरिक ती कुनै पनि देशमा बस्न सक्नेछन् । साथै व्यापार (फ्री ट्रेड) पनि गर्ने हैसियत राख्छन् ।

European Union

विशेष