एमाले भित्र ‘सांगठनीक अराजकता’ मौलाउँदै : नेपाल

असार – ११ । नेकपा एमालेका नेता माधव कुमार नेपालले एमाले भित्र ‘सांगठनीक अराजकता’ मौलाउँदै गएको बताएका छन् । बिधी र बिधान विपरीत ‘मैले जे गरेपनि हुन्छ’ भन्ने मानसिकताले एमालेभित्र अराजकता हाबी हुँदै गएको उनको दाबी छ ।
दाङमा शुक्रवार आँफू समर्थित कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले पार्टी भित्र मौलाएको अराजकताको उदाहरण दाङ एमालेमा चर्किएको ‘नेपाल,ओली’ पक्ष बिचको बिबादलाई बनाए। दाङ एमालेमा चर्को विवादमा रहेका ओली र नेपाल समुहका समानान्तकर कमिटि छन्।
यस्तै अखिल नेपाल महिला संघ,युवा संघमा पनि समानान्तर कमिटि खडा गरिएका छन्। आँफूलाई ‘शक्तिशाली’ दावी गरिरहेका यि दुई समूहले एक अर्का समूहका नेताहरुलाई कारवाही समेत गर्दै आएका छन्। एमाले दाङको विवादलाई उदाहरण दिँदै उनले एमाले भित्रको यो संस्कृति ‘अनुचीत’ भएको वताए। नेपालले आँफू समर्थित कार्यकर्तालाई भने ‘तपाईहरु विधी र विधान विपरीत नजानुस्,जायज कामका लागि तपाईहरुको साथमा हामी छौँ, नआत्तिनुस् ।’
उनले पार्टी्भित्र बढाउँदै लगिएको अराजकताका बिरुद्ध प्रतिकारमा उत्रन समेत आफू समर्थितलाई आह्वान गरे। कमिसन,गुण्डागर्दीलाई पार्टीमा संरक्षण दिने गरिएको भन्दै नेता नेपालले पार्टी भित्रको यस्तो ‘हर्कत’ले एमालेको बदनाम भईरहेको बताए।
एमाले ‘पार्टी सिस्टम’ भन्दा अधिक बाहिर पुगेको भन्दै उनले विधी सम्मतको एमाले बनाउनका लागि अभियान चलाईनु पर्ने बताए। ‘पार्टीलाई न्याय चाहिएको छ,यसका लागि तपाईहरु पनि लाग्नुस्,’नेता नेपालले भने ‘पार्टीलाई धाक धम्कीबाट चलाउने प्रवृत्तिको अन्त्य गरिनु जरुरी छ।’
यसैविच विवादमा रहेका एमालेका दुई खेमा एकअर्कालाई ‘टक्कर’ दिन शुक्रवार छुट्टा छुट्टै भेला गरेका छन् । नेपाल समुहले घोराहीमा सभा गर्यो भने ओली समुहले तुलसीपुरमा भेला गरेको छ । तुलसीपुरमा युवा संघले गरेको उक्त ‘युवा भेला’मा सहभागी हुन युवासंघका महासचिव किरण पौडेल आएका थिए । दाङ एमालेका कार्यकर्ताहरु आआफ्नै समुहको भेलामा सहभागी भएका थिए । घोराहीमा भएको भेलामा नेता नेपाल सहित उपाध्यक्ष युवराज ज्ञवाली,पोलिटव्यूरो सदस्य प्रकाश ‘ज्वाला’ सहभागी थिए।
madhab kumar nepal
