अन्तरवार्ता News स्वास्थ्य

चिकित्सा शिक्षा ऐन अर्थमन्त्रालका कारण रोकियो, भगवान कोइरालाको असन्तुष्टी सार्वजनिक रुपमा पोखियो

चिकित्सा शिक्षा ऐन अर्थमन्त्रालका कारण रोकियो, भगवान कोइरालाको असन्तुष्टी सार्वजनिक रुपमा पोखियो
असार - ११ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले चिकित्सा शिक्षा ऐन संसदमा पेश नभएकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।अर्थ र कानुन मन्त्रालयले सहमती नदिदा आयोगले बुझाएको मसौदा शिक्षा मन्त्रालयले मन्त्रीपरिषदमा पेश गर्न नपाएको कोइरालाको भनाइ छ । bhagawan-koirala शिक्षा मन्त्रीको अध्यक्षतामा गठित अायाेगले ३० बैशाख, २०७३मा प्रधानमन्त्रीलाई मसौदा बुझाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्री परिषदमा पेश गर्न का लागि शिक्षा मन्त्रीलाई मसौदाको जिम्मा लगाएका थिए । एमाले नेता विष्णु पौडेल र अग्नी खरेल मन्त्री रहेको अर्थ र कानुनले मसौदालाई सहमती नदिनुलाई अर्थपूण मानिएको छ । मन्त्री परिषदले पास गरिसकेपछि मसौदाले विध्यकको रुप लिन्छ । सो विध्यक संसदले पारित गरिसकेपछि कानुन बन्छ । पत्रकार नारायण पौडेलसँग यक्ष प्रश्नमा कुरा गर्दै मसौदाकार मध्येका एक कोइरालाले ऐन पारित भएमा चिकित्सा शिक्षा क्षेत्रमा आमुल परिवर्तन हुने स्पष्ट गरे ।

bhagawan bhandari

विशेष