News

६ महिनाको अवधिमा मानवाधिकार उल्लङ्घनका ९५ घटना

६ महिनाको अवधिमा मानवाधिकार उल्लङ्घनका ९५ घटना

 असार ११। दाङ्ग तुलसीपुरमा छ महिनाका अवधिमा ९५ मानवअधिकार उल्लङ्घनका घटना भएकोएक तथ्याङ्कले जनाएको छ ।

human_rightsअनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दाङले शुक्रबकार घोराहीमा गरेको ‘मानवाधिकार वर्ष पुस्तक’मा समेट्नुपर्ने विषयवस्तुका बारेमा गरिएको अन्तक्र्रियामा इन्सेक प्रतिनिधि जेएन सागरका अनुसार ती घटना सन् २०१६ जनवरीदेखि जुन महिनासम्ममा भएका हुन् । सबैभन्दा बढी महिला हिंसाका ४८ घटना भएकामा ३५ वटा घरेलु हिंसाका छन् ।

त्यसैगरी २१ वटा बलात्कारका घटना भएका छन् । त्यसमा १९ वटा जबरर्जस्ती करणी र दुइटा जबरर्जस्ती करणी उद्योगका घटना भएको बताइएको छ । तीमध्ये जबरर्जस्ती करणीको मुद्दा आर्थिक लेनदेनमा मिलापत्र भएको तथा पाँच मुद्दाका अभियुक्तलाई अदालतले पाँचदेखि १३ वर्ष कैद र रु ३० हजारसम्म जरिवानाको सजाए सुनाएको छ ।

त्यसैगरी हिरासतमा यातना, बोक्सीको आरोप, जन्मदर्ता, छुवाछुत, अपहरण र ज्यान मार्ने धम्की एक एक, हत्या र सम्पत्ति तोडफोड, आगजनी, बन्द हड्ताल तीन तीन, सम्बन्धबिच्छेद र दुव्र्यवहार दुई दुई, बन्दी तथा तालाबन्दी पाँच लगायत छन् । कार्यक्रममा वक्ताले अहिले पनि जिल्लामा मानवाधिकार उल्लङ्घनका घटना डरलाग्दो अवस्थामा रहेकाले चिन्ता व्यक्त गरेका थिए । रासस

dang human right

विशेष