असफल भयो भारत न्यूक्लियर्स सप्लायर्स ग्रुपको सदस्यता लिन
काठमाडौँ ११ असार, न्यूक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी)मा संलग्न हुने भारतको प्रयास असफल भएको छ । सोलमा भएको एनएसजीको विशेष सत्रमा ब्राजिल र स्विट्जरल्याण्ड जस्ता देशहरुले भारतलाई सहयोग गरेनन्, जसले २००८ मा भारतको समर्थन गरेका थिए ।
यो पटक भारतले छ महिनादेखि लबिङ थालेको थियो । तर, उसको अपेक्षा अनुसार अमेरिकाले पनि माहौल बनाउन प्रयास गरेन ।२००८ मा अमेरिकी तत्कालीन राष्ट्रपति जर्ज बुशले भारतलाई एनएसजीको सदस्य बनाउन निकै पहल गरेका थिए ।
र, न्यूजिल्याण्ड, स्विटजरल्याण्डसहितका देशमाथि दबाव दिएका थिए । तर, यो पटक त्यस्तो भएन । भारतले ब्राजिललाई पनि हल्का रुपमा लियो । चीनसँग पनि भारतको सम्वन्ध राम्रो हुन सकेन । बरु दुरी बढ्यो ।