उपचार गराउन लगेका कैदीले कुलेलाम ठोके पछी
पर्सा ११ असार जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका एक थुनुवा बीरगंज नारायणी उपक्षेत्रीय् अस्पतालमा चेकजांच गराउन जांदा फरार भएका छन ।
लागु औषधको मुद्दामा पक्राउ गरीएका भारत रक्सौल निवासी निजामुद्दिन अंसारी फरार भएका हुन ।
थुनुवा कोठामा रहेका अंसारी आफु बिरामी रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साबाट शुक्रबार बीरगंज नारायणि उप क्षेत्रिय अस्पतालमा उपचार गराउन लगेको र अंसारी पिशावको बहाना बनाई अस्पतलबाट नै फरार भएको पर्सा प्रहरीले जनाएको छ ।यता फरार अंसारीको खोजतलाश भईरहेको डिएसपी होवीन्द्र वोगटीले जनाए
kaidi vage paxi