कडा संघर्षका कार्यक्रम ल्याउने तयारीमा विप्लव माओवादी
असार ११, काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले एनसेलको बेस स्टेशनमाथी आक्रमण गरेको आरोपमा आफ्ना कार्यकर्ता धमाधम पक्राउ परेपछि जनसंघर्षका कार्यक्रम ल्याउने तयारी गरेकाे छ ।
कार्यकर्ता रिहाईका लागि बारम्बार माग गर्दा समेत सरकारले बेवास्ता गरेको भन्दै माअाेबादीले जनसंघर्षका कार्यक्रम ल्याउन लागेकाे हाे । कार्यक्रमको रुपरेखा कस्तो हुने भन्ने विषयमा भने केही खुलाएका छैन। जनताले आफ्नो सत्ता स्थापनाका लागि जनस्तरबाट काम कारबाही गर्दा सरकारले त्यसको दमन गर्ने काम गर्यो ।
त्यसकाे बदलामा कडा सँघर्षका कार्यक्रम ल्याउने तयारी गरेका छाैँ हामी चाँडै जनसंघर्षका कार्यक्रम ल्याउँदैछौँ । विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भने । उनले जनताको सहभागितामा जनसंघर्षको कार्यक्रम हुने समेत स्पष्ट पारे । वर्तमान केपी ओली नेतृत्वको सरकार नालायक, राष्ट्रविरोधी र जनविरोधी भएको उनको आरोप छ ।
biplab maoist sturgel