News

बिप्लब माओवादी निकट तमु मुक्ति मोर्चा नेपाल कास्कीले गर्यो पहिलो जिल्ला भेला

बिप्लब माओवादी निकट तमु मुक्ति मोर्चा नेपाल कास्कीले गर्यो पहिलो जिल्ला भेला
आस्था मल्ल कास्की ११ असार । पाेखरा संसदीय व्यवस्थाको भ्रममा नपरौँ,जातीय मुक्तिका लागि एकीकृत जनक्रान्तिको कार्य दिशामा गोल बन्द वनौ भन्ने नाराका साथ कास्की जिल्लाले प्रथम जिल्ला भेला सम्पन्न गरेको छ। tamu आज पोृखरामा भएको जिल्ला भेला मा आश क्रोम्छेरक्रोम्जे तमुको संयोजकत्वमा १५ सदस्यीय प्रथम कास्की जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ। उक्त भेलालाई सम्बोधन गर्दै तमु मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मकरतमुले तमु जाती आदिम काल देखीनै राज्य उत्पीडनमा परेकोले सम्पुर्ण उत्पीडित जाती र जनताको अधिकार यो संसदीय व्यवस्थाले गर्न नसक्ने भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्र गर्ने बताए किसान सिंह तमुको अध्यक्ष्तामा संम्पन्न भेलामा नेकपा माओवादीका केन्द्रीय तहका नेताहरुको समेत  उपस्थीती रहेको थियो

विशेष