खेल ताजा खबर News

क्राएशियालाई हराउंदै पोर्चुगल युरोकपको क्वाटरफाइनलमा

क्राएशियालाई हराउंदै पोर्चुगल युरोकपको क्वाटरफाइनलमा

3 असार १२ । क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै पोर्चुगल जारी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्ड प्रतिद्धन्दी पाएको छ ।

5

फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले पोर्चुगलको गोल गर्दै पोर्चुगललाई जीत दिलाए । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियान किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।

21

यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । खेलको अधिकांश समय क्रोएशियाले पोर्चुगललाई दवावमा राखेपनि अन्त्यतिर पाएको अवसर सदुपयोग गर्दै पोर्चुगल क्वाटरफाइनलमा पुग्यो । त्यस्तै शनिबार राति नै भएको अर्को खेलमा वेल्सले नर्दद आइल्याण्डलाई हराउंदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Uro cup

विशेष