ताजा खबर News

भारतले उल्लंघन गर्यो पिटिए सम्झौता

भारतले उल्लंघन गर्यो पिटिए सम्झौता

PTA-1 असार १२ । नेपाल भारतबीच विद्युत व्यापार सम्झौता (पिटिए) भएको दुई वर्ष नपुग्दै भारतले त्यसको उलंघन गरेको छ । पिटिएमा दुई देशले स्वतन्त्र रूपमा दुई देशले विद्युत व्यापार गर्न पाउने उल्लेख भए पनि कानुनी अड्चन देखाउँदै कार्यान्वयन लत्याएको खबर आजको नागरिक दैनिकमा लक्ष्मण वियोगीले लेखेका छन् । संकट न्यूनिकरण गर्न अहिले नेपालमा बढी विद्युत किन्नुपर्ने बाध्यतामा भारतले अंकुश लगाएको छ ।

पिटिए अनुसार भारतका कुनै पनि कम्पनी, निकाय वा बजारबाट नेपालले आफ्नै तरिकाले विद्युत किन्न पाउँछ। कानुनी प्रक्रिया मिलाउन बाँकी रहेको भन्दै भारतले नेपालको यो अधिकार खोसेको नेपाल विद्युत प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

Power Trade Agrement PTA

विशेष