अर्थ ताजा खबर News

नेपाललाई कालोसूचीमा राख्ने अन्तर्राष्ट्रिय समुदायकाे चेतावनी

नेपाललाई कालोसूचीमा राख्ने अन्तर्राष्ट्रिय समुदायकाे चेतावनी

world Bank काठमाडौं, असार १२ । शम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ । यसअघि आवश्यक कानुन नबनाएको भन्दै यस्तौ चेतावनी दिएका अन्तर्राष्ट्रिय मुद्रा कोषले, बिश्व बैंक र अन्य निकायले यसपटक भने मनी ट्रान्सफर कम्पनीमार्फत सम्पत्ति शुद्धीकरण भएको र त्यसलाई रोक्न प्रभावकारी कदम नचालको भन्दै यस्तो चेतावनी दिएको छ ।

केही अघि आएको अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैकको मिसनले यस्तो चेतवनी दिएको राष्ट्र बैंकको उच्च स्रोतले जानकारी दिएको छ । यस्तै फाइनान्सियल एक्सन टाक्स फोर्स अन्गर्ततको एसिया प्यासिफिक ग्रुप अफ एन्टी मनी लाउन्डरिङले पनि नेपाल सरकारका उच्च अधिकारीलाई भेटेर यस्तै चेतावनी दिएको स्रोतले जानकारी दियो । बैकिङ प्रणलीमार्फत हुने मनी ट्रान्सफरमा समस्या नभए पनिमनी ट्रान्सफर कम्पनीको नियम र अनुगमन प्रणाली कमजोर हुँदा यस्तो समस्या आएको आरोप लगाइएको छ । तरल राजनीतिक अवस्थाका कारण सरकार कमजोर भएको र चाहरेर पनि कारबाह गिर्न नसकेको गुनासो मिसन अधिकारीहरुले गरेका छन् । राजधानी दैनिक

IFm World Bank

विशेष