मुटु बचाउनलाई डाक्टर भगवान कोइरालाका चार मन्त्र (भिडियो सहित)

मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले चार कुरामा ध्यान दिए मुटुलगायतका अधिकांश रोगबाट बच्न सकिने मन्त्र दिएका छन् ।
१. चुरोट सारा रोगको केन्द्रविन्दु हो । चुराट त्यागौं ।
२. संसारमा मृत्युको प्रमुख कारण मुटु हो । मुटु कमजोर बनाउने प्रमुख कारण ब्लड प्रेसर हो । ब्लड प्रेसर बिगार्ने प्रमुख कारण नुन हो । नुन कम खाऔं ।
३. शारीरिक अभ्यास धेरै गरौं । भान्छामा काम गर्छु, कार्यालयमा काम गर्छु भनेर हुंदैन । त्यसले पुग्दैन । शारीरिक अभ्यास गरौं ।
४. मदिरापान सकेसम्म नगरौं । सकिदैन भने मात्रा कम गरौं ।
यि चार कुरामा ध्यान दिन सके मुटु रोगलगायतका ८० प्रतिसत सरुवा नहुने रोगबाट बच्न सकिने डाक्टर कोइरालाको दाबी छ । उनले नेपालमा आफुजस्तै र आफुभन्दा धेरै तालिमप्राप्त मुटुरोग विशेषज्ञ रहेको प्रष्ट गरेका छन् ।