चितुवाको छाला सहित २ जना पक्राउ

असार १२ । बर्दियाको भुरीगाउँबाट चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली चुहा १ का १८ वर्षिय लोकजन बिक र १९ वर्षिय कमल शाहीलाई प्रहरीले भुरीगाउँ बजारबाट पक्राउ गरेको हो । प्लास्टिकको झोलामा राखेर कैलालीबाट पुर्व जाँदै गर्दा प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।